आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

प्रहरी चौकीबाट हाम फालेर भाग्दा सेनाका जवानको मृत्यु

दैनिक नेपाल २०७६ मंसिर १ गते १३:२९

काठमाडौं, १ मंसिर ।  अस्थायी प्रहरी चौकी चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते काडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।

काडेल बिहान ७:३० बजे बरण्डाबाट हामफालेका थिए । घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसाग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो ।

इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसाग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित