आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

५८ किलो चरेससहित ५ जना प्रहरी नियन्त्रणमा

दैनिक नेपाल २०७६ मंसिर १ गते १२:०८

काठमाडौं, १ मंसिर ।  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार रोडबाट ५८ किलो लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दाङ घोराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद रोक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

गुलरिया ८ मा पर्ने भन्सार रोडबाट चेकजाँचका क्रममा शंकास्पद देखिएका कारण उनीहरूले बोकेको झोला खानतलासी गरिएको थियो । खानतलासीका क्रममा उनीहरूबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।

प्रहरी गस्ती टोलीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य दुई जना भने भाग्न सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित