आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

याैन व्यवसायमा संलग्न दुई युवती गरुडाबाट पक्राउ

दैनिक नेपाल २०७६ मंसिर १ गते ८:०८

रौतहट, १ मंसिर । रौतहटको गरुडास्थित एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुई जना युवतीसहित सात जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले गरुडास्थित होटेल खुसीमा छापामारेर संबेदनशील अवस्थामा रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

शनिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारेकाे थियाे ।

पक्राउ पर्नेमा बौधीमाईकी चन्द्रिका साह, विनोद ठाकुर लोहार, राधेश्यामप्रसाद कुश्वाहा, गरुडाका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडाका शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्ने युवतीहरूकाे नाम गाेप्य राखिएकाे छ । उनी यौन व्यवसायमा संलग्न रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित