आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

नशा छुटाउने र शाकाहारी बन्ने अभियान चलाइने, विश्व रेकर्ड कायम

दैनिक नेपाल २०७६ मंसिर १ गते ७:२६

काठमाडौं, १ मंसिर । जाँडरक्सी तथा अन्य बुद्धिनाशक नशा छोड्ने, छुटाउने एवं शाकाहारी बन्ने, बनाउने मूल उद्देश्यका साथ राजधानीमा शुक्रबारदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले देशभर अभियान चलाउने घोषणा गरेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम नेपालका सात प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटै स्थानीय तहमा अभियान चलाई शान्तिपूर्ण समाज निर्माणमा योगदान गर्ने घोषणा गरिएको हो ।

बाबा जयगुरुदेव सङ्गत केन्द्रीय कार्य समितिले आयोजना गरेको सो कार्यक्रममा बाबा उमाकान्तजी महाराजले नशामुक्त एवं शाकाहारी समाजको निर्माणमा अगुवा व्यक्तिलाई पनि हिँडाउनुपर्ने बताए ।

उनले हालसम्म यो अभियानका लागि १६ देशमा यस्ता कार्यक्रम गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल र भारतका गरी करीब पचास हजार साधकको सहभागिता रहेको समितिका संरक्षक नन्दकुमार चौधरीले जानकारी दिएका छन् ।

यसैबीच, दोस्रो अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागमले विभिन्न विश्व रकर्ड बनाउन सफल भएको छ ।

गोल्डेन बुक अफ वर्ल्ड रेकर्ड एसियाका प्रमुख डा.मनीष विष्णोइले ब्याज (प्रमाणपत्र) प्रदान गरेका थिए ।

समागममा १ सय ८० प्रकारका तरकारी राखिएको थियो । थारू समुदायलाई साकाहारी हुने प्रतिवता तथा मदिरा मुक्त हुने प्रस्ताव पारित गरिएको चौधरीले बताए ।

समागममा कन्हैया लाल गुप्ता, नन्दकुमार चौधरी र राजेश सोनीलाई ब्याज दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित