आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

सीमा मिचिएकोबारेमा भारतीय मन्त्रीलाई भेटेरै मन्त्री पोखरेलले पोखे असन्तुष्टि

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १४:१८

काठमाडाैं, ३० कात्तिक ।  भारतले नेपाली भूभाग हडपेको सम्बन्धमा सरकारले भारतसंग कुटनितिक पहल सुरु गरेको छ । यसैबिच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सीमा मिचिएकोबारे भारतीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारले कूटनीतिक प्रयासबाट सीमा विवाद मिलाउने बताइरहेका बेला शिक्षा मन्त्री पोखरेलले भारतीय मानव संशाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशांकलाई भेटेर जारी नयाा नक्साबारे असन्तुष्टि जनाएका हुन् ।

मन्त्री पोखरेलका स्वकीय सचिव विनोद न्यौपानेले फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समकक्षीसाग नेपाल–भारतबीचको सीमा विवादबारे ध्यानाकर्षण गराएको जानकारी दिए ।

न्यौपानेका अनुसार, मन्त्री पोखरेलले कूटनीतिक पहलमार्फत सीमा विवाद हल गरेर सम्बन्ध प्रगाढ गराउन भारतीय समकक्षीसाग आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले सीमा समस्या समाधान गर्न गरेको आग्रहमा भारतीय मन्त्रीले के प्रतिक्रिया जनाए भन्नेबारे भने शिक्षा मन्त्रीको सचिवायले केही खुलाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित