शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

ट्याङ्कर दुर्घटनामा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १२:३७

काठमाडाैं, ३० कात्तिक ।  अरनिको राजमार्गमा डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार राति धुलिखेलबाट पाँचखालतर्फ जाादै गरेको ना ७ ख ३७६० नम्बरको डिजल बोकेको ट्याङ्कर दुर्घटनामा परि घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा ज्यान गएको हो ।

घाइते चालक र सहचालक दुबैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याङकार सडबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित