शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

शिवनगरबाट भारी मात्रामा हतियार बरामद, विप्लव समूहको हुन सक्ने अनुमान

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १२:१४

काठमाडाैं, ३० कात्तिक ।  प्रहरीले कपिलवस्तुको शिवनगरबाट भारी मात्रामा हतियार बरामद गरेको छ । ५ थान एसएमजी राइफल र त्यसमा लाग्ने ग्यागजिन र गोली बरामद भएको हो ।

कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेका प्रहरीले जनाएको छ ।

हतियारसहित विप्लव समूह आउँदै गरेको सूचना प्रहरीमा पुगेपछि जिल्ला प्रहरी दाङ र इलाका प्रहरी कार्यालय गढवाको प्रहरीले संयुक्त रुपमा खोजतलास गरेको थियो । सर्च गर्दै जाादा कपिलवस्तुको शिवनगरस्थित एक गोठमा राखिएको हतियार बरामद भएको हो ।

बरामद गरिएको हतियार विप्लव समूहको हुन सक्ने प्रहरीले जनाएको छ । थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित