शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

रौतहट कारागारमा खतरा देखिएपछि एकाबिहानै नख्खु ल्याइए आलम

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १०:१६

काठमाडाैं, ३० कात्तिक ।  पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि हत्या आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई काठमाण्डौको नख्खु कारागार ल्याइएको छ ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको समयमा बुथ कब्जा गर्ने हेतुले बम बनाउने क्रममा बम विष्फोट भई घाइते भएकालाई जिँउदै जलाएको आरोप आलममाथि लागेको छ ।

शुक्रबार रौतहट जिल्ला अदालतले आलमलाई मुुद्वाको टुंगो नलागे सम्मका लागि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आलमलाई रौतहट कारागारमा राख्दा सुरक्षाका दृष्टिले खतरा रहेकाले नख्खु ल्याइएको बताइएको छ ।

जिल्ला अदालतले आलमलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० अनुसार कारागार पठाउन आदेश दिएको हो।

प्रतिक्रिया
सम्बन्धित