आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

प्रधानमन्त्री ओलीको आज तेस्रो डायलासिस गरिने

दैनिक नेपाल २०७६ कार्तिक ३० गते ९:५५

काठमाडाैं, ३० कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक डायलासिस हुने भएको छ ।

यसअघि पनि दुईपटक डायलासिस गराइसक्नुभएका प्रधानमन्त्री ओलीको पुन: तेस्रोपटक डायलासिस हुन लागेको अस्पताल स्रोतले जनाएको छ ।

उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले आज धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना हुने बताइएको छ ।

डायलासिस नियमित स्वास्थ्य परीक्षणकै एक विधि भएको पनि चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित