बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

बानेश्वरमा मोटरसाइकल दुर्घटना, प्रहरी जवानकाे मृत्य

दैनिक नेपाल २०७६ कार्तिक ३० गते ९:०५

काठमाडाैं, ३० कात्तिक । काठमाडाैंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ ।

शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।

प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित