५ कार्तिक २०८३, बिहिबार

बर्सेनि ठगिँदै उखु किसान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३० कात्तिक । खेतमा नयाँ उखु तयार भइसक्यो। तर, किसानले पोहोरसालै बिक्री गरेको उखुको रकम पाउन सकेका छैन्न। बिक्री भएको अर्बौंको उखुको भुक्तानी न उद्योगी दिएका छन्, न सरकारले अनुदानै दिएका छन्।

चिनी नबिकेको बहाना बनाउँदै उद्योगपति किसानको भुक्तानी रोकेको छ। उखु बुझाएको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने उद्योगी–किसानबीच सम्झौता थियो। त्यसलाई उद्योगपतिले लत्याएर किसानलाई दुःख दिइरहेका छन्।

उद्योगले किसानबाट खरिद गरेको उखुको १ अर्ब अझै बक्यौता छ। सरकारबाट पाउनुपर्ने उखु खेती प्रवद्र्धन बापत १ अर्ब २० करोड किसानले पाउन नसकेको उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनी मैनालीले बताए।

‘रगत पसिना बगाएर उखु उब्जाएर उद्योगीलाई दिन्छौं। भुक्तानी गर्न आलटाल गर्छन्। वर्ष दिन हामीलाई झुलाइदिन्छन्’, उनले भने, ‘सरकारले त झन् अनुदान रकम दिने मनसाय नै देखाउँदैन।’ गत वर्ष देशभर ९ अर्ब ८६ करोडको उखु उत्पादन भएको थियो।

०७५÷०७६ मा उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा सरकारले मूल्य निर्धारण गरेको थियो। गत वर्ष प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान र र ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगीले दिने गरी मूल्य निर्धारण भएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ।