बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

दूतावासलाई जथाभाबी जग्गा खरिद

दैनिक नेपाल २०७६ कार्तिक ३० गते ७:११

काठमाडौं, ३० कात्तिक । परराष्ट्र मन्त्रालयले ओमानमा दूतावास भवन बनाउन जग्गा खरिद गरेको छ । खाडी मुलुक ओमानमा नेपालले दूतावास स्थापना गरेको ६ वर्ष पनि भएको छैन । काठमाडौंमा पनि ओमानको दूतावास छैन ।

तर सरकारलाई त्यहाँ दूतावास भवन खरिद गर्न किन हतार भएको भन्ने उत्तर परराष्ट्र अधिकारीसँग छैन । ‘पाँच महिनाअघि जग्गा भाडा (लिज) मा खरिदको काम भएको हो । अब भवन निर्माणको स्वीकृत प्रक्रियामा छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘२० हजार पनि नेपाली नभएको मुलुकमा किन यति हतार भन्ने प्रश्न छ ।’

आर्थिक, रणनीतिक र क्ूटनीतिक हिसाबले महŒवप्ूर्ण मानिएका मुलुकमा भने दूतावास भवन नै छैन । जापान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, मलेसियालगायत देशमा नेपाली दूतावास को आफ्नो भवन छैन । भारतपछि सबैभन्दा बढी कूटनीतिक कर्मचारी भएका न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा पनि भवन छैन ।

आफ्नै चान्सरी (राजदूत कार्यालय) रहेको न्युयोर्कस्थित नेपाली कर्मचारी भने भाडामा बस्दै आएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पदभार सम्हालेलगत्तै चेन्दुमा महावाणिज्य दूतावास खोल्ने र ओमानमा जग्गा भाडामा लिएर भवन बनाउने निर्णय लिइएको हो । त्यसबाहेक अन्य केही मुलुकमा पनि दूतावास भवन बनाउने र खरिद गर्ने प्रक्रिया अघि बढेको छ ।

थाइल्यान्डमा साढे दुई वर्षअघि, अमेरिकामा एक वर्षअघि र अस्ट्रेलियामा डेढ वर्षअघि जग्गा खरिद गरिएको छ । १२ वर्षअघि सरकारले मलेसियाको पुत्राजयमा जग्गा खरिद गरे पनि भवन निर्माण गर्न नसकेर तीनपटक दूतावास सारिसकेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित