शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

चोरीका गाडीसहित कलङ्कीबाट दुई पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १२:५३

काठमाडौँ, २९ कात्तिक ।  चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौा तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुावरले जानकारी दिए ।

उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार बरामद गरिएको छ । उनीहरुले काठमाडौा नयााबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया
सम्बन्धित