शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

काउसो दलेर लुटपाट गर्न खोज्ने बाबुछोरा पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १२:१६

काठमाडौँ, २९ कात्तिक ।  काउसो दलेर लुटपाट गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतका अनिल व्वाला र तुषार ग्वाला रहेका छन् । पक्राउ पर्ने दुबै जना बाबु छोरा रहेको प्रहरीले जनाएको छ ।

बिहीबार अपराह्न ४ बजे काउसो दलेर विर्तामोडमा लुटपाट मच्चाउन खोजेपछि भारतीय नागरिक अनिल ग्वाला र उनका छोरा तुषार ग्वालालाई तत्कालै पक्राउ गरेको हो।

झापा प्रहरीका अनुसार बंगाल घर बताउने दुईले विर्तामोडमा अर्जुनधारा नगरपालिका-६ का बमबहादुर तामाङलाई काउसो दलेका थिए।

प्रतिक्रिया
सम्बन्धित