शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

जन्मदिनमा आफ्नै साथीमाथि गोली प्रहार, २ को मृत्यु

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ११:४९

काठमाडौँ, २९ कात्तिक ।  अमेरिकाको एक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

साउथ क्यारोलिना राज्यको सउगुस हाइस्कुलका एक किशोरले विद्यालय परिसरमा आफ्ना साथीमाथि गोली हानेका थिए।

गोली लागेर एक छात्रा र एक छात्रको मृत्यु भएको छ भने दुई छात्रा र एक छात्र घाइते भएका छन्। बन्दुकधारी विद्यार्थीले अन्तिम गोली भने आफैंलाई हानेका थिए। बिहीबार उनको १६ औं जन्मदिन थियो।

उनले किन गोली हाने र बन्दुक कहााबाट ल्याए भन्ने खुलेको छैन। अघिल्लो दिन उनले इन्स्टाग्राममा ‘भोलि सइगुस स्कुलमा रमाइलो हुनेछ,’ भन्ने स्टाटस लेखेका थिए। उक्त पोस्ट पछि डिलिट गरिएको थियो।

बन्दुकधारी विद्यार्थी जापानी मूलकी आमा र अमेरिकी बाबुका छोरा थिए। उनका बाबुको दुई वर्षअघि हृदयघातका कारण मृत्यु भएको थियो। उनकी दिदी पनि कामको शिलशिलामा बाहिर गएकी थिइन्।

प्रहरीले उनकी छिमेकीसाग ती किशोरका बारे सोधपुछ गरेको छ। छिमेकीले किशोर धेरै नबोल्ने खालका भएको बताएकी छन्।

‘बुवाको मृत्युपछि ऊ धेरै विक्षिप्त देखिन्थ्यो,’ नर्ससमते रहेकी उनकी छिमेकी जेरेड एक्सेनले रोयटर्ससाग भनिन्,‘म उसलाई स्कुल कस्तो हुादैछ भनेर पनि सोध्थें। तर उसले कहिल्यै कसैले नराम्रो गरेको भनेन।’

आफैंले हानेको गोली लागेर घाइते भएका ती किशोरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अमेरिकाका विद्यालयमा गोलीकाण्ड भइरहन्छन्। सन् २०१८ फेब्रुअरी १४ मा भएको गोलीकाण्डमा १७ विद्यार्थीको मृत्यु भएको थियो। फ्लोरिडाको मार्जोरी स्टोनमान डगलस हाइस्कुलका एक पूर्व्विद्यार्थीले विद्यालय हाताभित्र पसी गोली हानेका थिए।

प्रतिक्रिया
सम्बन्धित