शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

हत्या आरोपी कांग्रेस सांसद आलमको थुनछेक बहस आज पनि जारी

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ११:४३

काठमाडौँ, २९ कात्तिक ।  बम विष्फोटका घाईतेलाई जिँउदै जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस आज पनि जारी रहेको छ ।

हत्या अभियोग लागेका नेपाली कााग्रेसका सांसद आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस जारी रहेको हो ।

आलमको पक्षमा हालसम्म १७ जना अधिवक्ताले बहस गरिसकेका छन् । हिजो ६ जना अधिवक्ताले बहस गरेकोमा आज बाँकीले बहस गरिरहेका छन् । गत विहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

सरकार र जाहेरवालातर्फका कानुन व्यावसायिको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्न सक्ने अदालतले जनाएको छ ।

थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।

प्रतिक्रिया
सम्बन्धित