शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

विप्लवका जाजरकोट इन्चार्ज काेहलपुरबाट पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ११:२३

काठमाडौँ, २९ कात्तिक ।  प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली कोहलपुरबाट पक्राउ परेका छन् ।

जाजरकोट नलगाड नगरपालिका–५, रघुनाथ बस्ने ४२ वर्षका वलीलाई कोहलपुर प्रहरीले कोहलपुर–२, सालको बुटा भन्ने ठाउँबाट बिहीबार राति पक्राउ गरेको हो ।

कोहलपुर प्रहरीका इन्चार्ज डीएसपी हेम शाहीका अनुसार विभिन्न मितिमा जाजरकोटस्थित एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ती चन्दा असुली वली संलग्न रहेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित