शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्कदैं, विमानस्थल आधा घण्टा बन्द

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १०:४१

काठमाडौँ, २९ कात्तिक ।  बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपालको राजकीय भ्रमण सकेर आज स्वदेश फर्कदैं छन् ।

बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिद आज स्वदेश फर्कन लागेका हृुन् । फर्किनुअघि  चन्द्रागिरी र पाटन दरवारस्क्वायरको भ्रमण गर्नुहुने कार्यतालिका छ ।

राष्ट्रति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्कने क्रममा आधा घण्टा विमानस्थल बन्द हुने भएको छ । चारदिने नेपाल भ्रमणका क्रममा नेपाल आएका राष्ट्रपति हमिद आज भ्रमण पुरा गरी स्वदेश फर्कन लागेका हुन् ।

उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल कार्यालयले जनाएको छ ।

हिजो पोखरा घुम्न गएका राष्ट्रपति हमिद बुधबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका थिए ।

राष्ट्रपति हमिद आज अपरान्ह साढे चार बजे स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित