शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

प्रधानमन्त्रीको सचिवालयका ६ जनाको मात्रै राजिनामा स्वीकृत

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १०:१२

काठमाडौं, २९ कात्तिक ।  प्रधानमन्त्री सचिवालयका राजिनामा दिएकामध्ये ६ जनाको राजिनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सचिवालय हेरफेर गर्ने भन्दै सचिवालयका सबैलाई राजिनामा दिन भनेका थिए ।

राजिनामा स्वीकृत हुनेमा प्रेस सल्लाहाकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत कर्मचारी घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजिनामा स्वीकृत भएको बताइएको छ ।

बाँकी दुई जना प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईको भने राजिनामा स्वीकृत गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित