शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

प्रहरीले ज्यादती गरेकाे भन्दै तरुण दलद्वारा बाँके बन्द, जनजीवन प्रभावित

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ९:३९

नेपालगञ्ज, २९ कात्तिक । बाँके जिल्लामा नेपाल तरुण दलले घाेषणा गरेकाे बन्दकाे प्रभाव बिहानैदेखि जिल्लामा परेको छ ।

तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि देखिएको हो । सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् । उद्योग, कलकारखाना, शिक्षण संस्थाहरू बन्द छन् ।

प्रहरीले आफ्नो नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेको हो ।

बिहानै कलेज हिडेका विद्यार्थीहरु घर फर्किएका छन् । सडकमा केही मात्रामा मोटरसाइकल चलेपनी अन्य यातायातका साधन भने चल्न सकेका छैनन् ।

बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि प्रहरी सुरक्षा व्यवस्था बलियो पारेको छ । बन्द साँझ ५ बजेसम्म जारी रहने तरुण दल बाँकेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित