शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

प्यूठानमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ९:२४

खलंगा, २९ कात्तिक । प्यूठानमा बिहीबार भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको मनभीर भन्ने ठाउँमा – ग २ च ५२४९ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका–२ जोगिमाराकी २५ वर्षीय बिना विक, उनका आठ वर्षीय छोरा आन्न र स्वर्गद्वारी खालकी ४० वर्षीय नजरी विक रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित