शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

चीनले नेपालको भूमि अलिकति पनि हडपेको छैन- चीन

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ९:१५

काठमाडौं, २९ कात्तिक ।  भारतले सार्वजनिक गरेको नयाँँ नक्सा विरुद्व चर्को विरोध भएपछि पछिल्लो समय चीनले पनि नेपाली भूभाग मिचेको तथ्य बाहिरिएपछि चीनले मुख खोलेको छ । चीनले नेपालको उत्तर तर्फको ३६ हेक्टर भूभाग मिचेको तथ्यलाई चीनले गलत भनेको हो ।

आफुले नेपाली भूभाग अलिकति पनि नमिचेको र नेपाल भारतको सिमाको विवाद आपसी समन्वयमा समाधान गर्नुपर्नेमा चीनले जोड दिएको हो । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी लिम्पयाधुरा र लिपुलेक पनि क्षेत्र पारेपछि सुरु भएको नेपाल र भारतबीचको विवादमा चीनले पनि प्रतिक्रिया जनाएको हो ।

नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको चीनले सधै सम्मान गर्ने विहिबार जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ । नोटमा चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको भन्ने भनाइप्रति आपत्ति जनाएको छ। चीनले नेपाली भूभाग नहडपेको र सबै हल्ला आधारहीन रहेको चीनको भनाई रहेको छ ।

चीन र नेपालले सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर गरेयता दुवै पक्षबीच यस सम्बन्धमा राम्रो सहकार्य रहेको चीनले बताएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको अघिल्लो महिनाको नेपाल भ्रमणका बेला सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षेर गरेको भन्दै चीनले सीमा क्षेत्रमा हुने बाह्यि हस्तक्षेपलाई निर्मुल पार्न नेपालसँग थप सहकार्य गर्न चाहेको समेत बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित