शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

पूर्वी सीमामा पनि अतिक्रमण

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ७:३८

पशुपतिनगर, २९ कात्तिक । नेपाल–भारत सिमानामा पर्ने छब्बिसेबाट पर्यटकीय स्थल अन्तु जोड्ने सडक निर्माण रोकिएको छ। भारतले ६० फुट छाडेरमात्र सडक बनाउन भनेपछि अन्यत्र सडक निर्माण भइरहे पनि छब्बिसेमा सडक जोडिन पाएको छैन।

सूर्योदय नगरपालिका–४ का वडाध्यक्ष उदय लावती भन्छन्, ‘यो त एउटा उदाहरण मात्रै हो। सिमानामा बस्नेलाई कल्यिै शान्ति छैन।’ सघन सहरी तथा भवन निर्माण आयोजनाले यस वर्ष सिमानाबाट ८ सय मिटर सडक कालोपत्रे गर्ने भनेपछि उत्साहित स्थानीयको उत्साह भारतीय सीमा सुरक्षा बलको एउटै ‘उर्दी’ले निरासामा परिणत भएको उनले बताए।

छब्बिसेमै सडक जोडिन नपाएपछि उनीहरूले सूर्योदय नगरपालिकासँग हारगुहार गरेका छन्। लावतीले भने, ‘समस्या समाधान हुने आसमा छौं।’ भारतीय सुरक्षाकर्मीलाई खुसी नपारे सीमाका बासिन्दाले पाइलैपिच्छे ज्यादती भोग्नपर्ने पशुपतिनगरका सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन्। उनले सुनाए, ‘सिमानामा अघि बढेर बोल्नेलाई अपराधीकै दृष्टिले व्यवहार गर्छन् उनीहरू।’

हिलेमा नेपालतर्फ सडक बनाउन रोकेको भारतले केही वर्षअघि इलामको सुर्योदय नगरपालिका–२ र भारतको राङवाङ ग्राम पञ्चायतको बीचमा पर्ने दसगजा क्षेत्रमा ‘गुम्बा मर्मत गर्नेे’ भन्दै पक्की संरचना निर्माण गरेको थियो।

नापी विभागको टोलीले सीमा स्तम्भबाट दसगजामा निर्माण गर्न लागेको गुम्बा ‘नोमेन्सल्यान्डमै परेको’ प्रतिवेदन दिएको थियो। सहायक सीमा स्तम्भ ७१/७ र ७१/८ को बीचमा रहेको गुम्बा दसगजामै परेको छ। अन्तर्राष्ट्रिय सीमा नियमअनुसार सो क्षेत्रको दुवै देशले रेखदेख गर्नुपर्ने तर मानवीय क्रियाकलाप गर्न पाइँदैन। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित