बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

‘अटोमेटिक’ पेस्तोलसहित दुईजना पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक २८ गते १५:४७

काठमाडौं, २८ कात्तिक ।  चितवनमा अवैध हतियारसहित दुईजना पक्राउ परेका छन् ।

राप्ती नगरपालिका–६, हर्दीबाट बिहीबार बिहान एकथान पेस्तोल, एकथान म्यागजिन र पााच राउन्ड गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउापालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी छन् ।

इलाका प्रहरी कार्यालय भन्डाराबाट रात्रिगस्तीमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित