बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

निजामती सेवा कर्मचारीको अवकाश उमेर हद अब ६० वर्ष

दैनिक नेपाल २०७६ कार्तिक २८ गते १४:००

काठमाडौं, २८ कात्तिक ।  निजामती सेवा कर्मचारीको अवकास हुने उमेर हद ६० वर्ष कायम गरिएको छ।  बिहिबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकले अवकासका लागि ६० वर्षे उमेर हद राख्‍ने निर्णय गरेको हो।

संघीय निजामती सेवा ऐनको विधेयकमा यो प्रावधान राख्‍ने निर्णय गरेपछि उमेर हदको विवाद टुंगिएको हो।

अवकाशका लागि ६० वर्ष उमेर हद भएपछि कर्मचारीको अवधि दुई वर्ष थपिने भएको छ । हालसम्म कर्मचारीको अवकाशका लागि उमेरहद ५८ वर्ष थियो।

२०४९ सम्म अवकाशका लागि उमेर हद ६० वर्ष रहेकोमा यसलाई संशोधन गरेर ५८ वर्षमा झारिएको थियो। त्यो प्रावधानका कारण थुप्रै कर्मचारीले अवकाश पाएका थिए। निजामती सेवामा करिब ९० हजार कर्मचारी छन्।

अब यो विधेयक संसदमा प्रस्तुत हुनेछ।

प्रतिक्रिया
सम्बन्धित