बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

ट्रम्पमाथि महाअभियोगबारे सुनुवाई शुरू

दैनिक नेपाल २०७६ कार्तिक २८ गते ९:२३

न्युयाेर्क, २८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई सुरु भएको छ ।

वासिङ्गटन डिसीमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा पहिलोपटक घटनाका बारेमा जानकारी रहेको ठानिएका उच्च अधिकारीहरूसँग सार्वजनिक रुपमा सुनुवाई सुरु गरिएको हो ।

यसअघि अनुसन्धान गरिरहेका संसदीय समितिले ती अधिकारीसँग सुनुवाई गरिसकेको थियो, तर त्यो सार्वजनिक थिएन । तर बुधबारदेखि सार्वजनिक रुपमा सुनुवाई सुरु भएको हो ।

सार्वजनिक रुपमा भएको सुनुवाईको क्रममा एक उच्च अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले सीधै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पूर्व उपराष्ट्रपति जो बाइडेनका सम्बन्धमा अनुसन्धान गर्न भनेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित