बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य दोषीलाई ६२ महिना जेल

दैनिक नेपाल २०७६ कार्तिक २७ गते १३:३१

काठमाडौं, २७ कात्तिक । जिल्ला अदालत काठमाडौंले १८ बर्षिया युवतीलाई दरबारमार्गमा सामुहिक बलात्कार गरेको कसुरमा मुख्य दोषी शैलेश कार्कीलाई ६२ महिना (५ बर्ष २ महिना)को जेल सजाय र पीडितलाई ७ लाख रुपैंया क्षतिपूर्तिको फैसला सुनाएको छ ।

उक्त प्रकरणका अभियुक्त ठेकेदार विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना जेलको समान सजाय सुनाएको छ । ४ जेठ, ०७५ मा सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी महलमा साजय माग गरी मुद्दा दर्ता गरेको थियो ।

२१ कात्तिकमा न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त पैmसला सुनाएको हो । दरबार्गको ल्यान्डमार्क होटलमा ७ माघ ०७४ मा ति युवतीका प्रेमी कार्कीको सहयोगमा चार जनाले सामुहिक बलात्कार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित