बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

रौतहटको मठिया प्रहरी चौकीमा बम विष्फोट

दैनिक नेपाल २०७६ कार्तिक २६ गते १४:४०

काठमाडौं, २६ कात्तिक ।  रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको समाचार प्राप्त भएको छ । घटनामा एक प्रहरी घाइते भएको बताइएको छ ।

घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली गैरहेको जनाइएको छ ।

घटनामा संलग्न भएको शंकामा प्रहरीले एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

बम बिष्फोट गराउनुको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित