बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

बंगलादेशी राष्ट्रपति आज नेपाल आउँदै

दैनिक नेपाल २०७६ कार्तिक २६ गते १२:५३

काठमाडौं, २६ कात्तिक ।  बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउादैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् ।

५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् । परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसाग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने तय भएको छ ।

प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसाग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ ।

हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसाग भलाकुसारी गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित