बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

साँढे दुई करोड रकम सहित पक्राउ परेका भिआइपी जुवाडेलाई सम्पत्ति शुद्धीकरण विभाग लगिँदै

दैनिक नेपाल २०७६ कार्तिक २६ गते ११:४८

काठमाडौं, २६ कात्तिक ।  कात्तिक ९ गते राति महाराजगञ्जमाबाट पक्राउ परेका २५ भिआइपी जुवाडेको सम्पत्ति छानविन हुने भएको छ ।
सम्पति छानविनको लागि उनिहरुलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ।

२५ भिआइपी जुवाडेमध्ये पहिलो पटक पक्राउ परेकालाई ३० हजार र पटके जुवाडेलाई ५० हजार रुपैयाा धरौटीमा छाड्ने निर्णय सोमबार जिल्ला प्रशासन कार्यालयले गरेको थियो।

रिहा गर्न आदेश दिएलगत्तै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। सम्पत्ति शुद्धीकरणले छानविन गर्नुपर्ने भन्दै आफ्नो कार्यालयमा उपस्थित गराउन भनेर पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको थियो।

उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयााको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।

प्रतिक्रिया
सम्बन्धित