बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मान्छे ठग्ने यी भीआईपीलाई पक्राउ गर्न पुर्जी जारी

दैनिक नेपाल २०७६ कार्तिक २६ गते ६:२५

काठमाडाैं, २६ कात्तिक । काठमाडौं जिल्ला अदालतले व्यवसायी पद्म ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

उनलाई पनि ठगी आरोपमा पक्राउको आदेश दिइएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ज्योतिलाई पक्राउको अनुमति दिएको जनाइएकाे छ ।

ल्याण्डमार्क डेभलपर्सको नाममा आफूलाई ठगी गरेको भन्दै काठमाडौंका विजेन्द्रकृष्ण मल्लले दिएको उजुरीका आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो ।

प्रहरीले अनुमति मागेपछि न्यायाधीश भट्टराईको एकल इजलासले पक्राउको अनुमति दिएको काठमाडौं महानगरीय प्रहरीका एसपी अशोक सिंहले बताएका छन् ।

मल्लको उजुरीकै आधारमा प्रहरीले पद्म ज्योतिका भाई डा. रूप ज्योतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । डा.ज्योतिले मल्ललाई तिर्नुपर्ने रकम अदालतमा कोर्ट फि तिरेर जम्मा गराइसकेपछिको मल्लको जाहेरीका आधारमा डा. ज्योति र उनकी छोरी सुरुचीलाई पक्राउ गरेको छ ।

पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यावसायिक घराना ज्योति समूहका अध्यक्ष पनि हुन् । अदालतले पद्म ज्योति, सौरभ ज्योतिलगायत ज्योति समूहका ११ जना सदस्यविरुद्ध २० मंसिर २०७५ मा नै पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित