
काठमाडौैं, २५ कात्तिक । विद्यार्थीहरुबाट असुलेको अतिरिक्त शुल्क मेडिकल कलेजहरुले १५ दिनभित्र फिर्ता नगरे ठगी मुद्वा चलाउने सरकारले चेतावनी दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे ठगीको मुद्दा चलाउने चेतावनीे दिए ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले नमिलाएमा विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जाने प्रष्ट गरे ।
१५ दिनभित्र विद्यार्थीका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी गरेको छ ।
तालाचाबी बुझाइदिने धम्की दिादैमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने भन्दै मन्त्री पोखरेलले कानून सबैका लागि लागू हुने प्रष्ट गरे ।
यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफुसाग गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।











प्रतिक्रिया