
काठमाडौैं, २५ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहानदेखि बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय निकाय तथा आयोगको टुंगो लगाएको छ ।
बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत कुमार बोहोरालाई चयन गरेको छ भने सचिवमा अशोक रोकायलाई चयन गरेको छ ।
यसैगरी निर्वाचन समितिको अध्यक्षको जिम्मेवारी बिष्णुपुकार श्रेष्ठलाई दिइएको छ भने सचिवामा माधव प्रसाद पौडेललाई चयन गरिएको छ ।
बैठकले पार्टीको लेखापरिक्षण आयोगको अध्यक्षमा पुष्पराज काडेललाई चयन गरेको छ भने सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।
पार्टीको केन्द्रीय सल्लाहकार कमिटीमा अध्यक्ष केशव प्रसाद बडाललाई बनाइएको छ भने सचिव नन्दकुमार थापालाई बनाइएको छ । पार्टीको जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईलाई चुनिएको छ भने सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ ।















प्रतिक्रिया