बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

अनशनरत डा केसीलाई जवरजस्ती उठाउने प्रयासमा सुरक्षाकर्मी, डडेल्धुरा अस्पताल तनावग्रस्त !

दैनिक नेपाल २०७६ कार्तिक २५ गते ९:४७

काठमाडौं, २५ कात्तिक ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँअनशनमा रहेका डा केसीमाथि अनशनस्थल छाड्न दबाव परेको छ ।

६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दवाव दिएको छ ।

सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दवाद दिएका छन् ।

केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।

प्रतिक्रिया
सम्बन्धित