११ मंसिर २०८३, शुक्रबार

१ करोड ३१ लाखको रक्सी लिलाममा बिक्री गर्दै त्रिभुवन विमानस्थल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २५ कात्तिक ।  त्रिभुवन विमानस्थलले अनाधिकृत रुपमा यात्रुले भित्राएका रक्सी लिलाममा विक्रि गर्ने भएको छ ।

विमानस्थलमा यात्रुबाट जफत गरिएको ६ हजार ८ सय १७ बोतल रक्सी एकैपटक लिलाम गर्न लागेको हो ।

यी रक्सी अन्त:शुल्कमा दर्ता भई नवीकरणसमेत भएका कम्पनी, फर्म वा व्यक्तिले किन्न पाउने गरी सर्त राखिएको छ ।

पूरै रक्सी बिक्रीको न्यूनतम मूल्य १ करोड ३१ लाख रुपैयाा तोकिएको छ । तर, विभिन्न १४ वटा भागमा छुट्टाछुट्टै बिक्री गर्न सकिने छ ।

खरिद गर्न स्वीकृत भएको पार्टीले ७ दिनभित्र रक्सी नउठाएमा क्रमश: दोस्रो, तेस्रो पार्टीले उठाउन सक्ने प्रावधान तोकिएको छ ।

कार्यालयबाट जसको नाममा सिलबन्दी दरभाउपत्र खरिद भएको छ, सोही व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्र दाखिला गर्न पाउनेछ । अर्को पार्टी आएमा दरभाउपत्र रद्द हुनेछ ।

इचछुक व्यक्ति वा संस्थाले दुई हप्ता भित्र खरिदको लागि आवेदन दिन सक्ने विमानस्थलले जनाएको छ ।