बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

जोनलाई ३० लाखकाे गाडी उपहार

दैनिक नेपाल २०७६ कार्तिक २५ गते ८:१४

मुम्बई । बलिउड अभिनेता जोन अब्राहम बाइक र गाडीका सौखिन हुन् । जोनको यसै कुरालाई ध्यानमा राख्दै ‘मुम्बई सागा’का निर्देशक संजय गुप्ताले ३० लाख भारू बराबरको एक पिकअप ट्रक उपहार दिएका छन् ।

उनले जोनलाई इसुजु डिम्याक्सको पिकअप ट्रक उपहार दिएका हुन् । संजयले जोनको कामबाट प्रभावित भएर यो गाडी उपहार दिएका हुन् ।

‘मैले बाइक र कारको मामिलामा जोन जस्तो मान्छे देखेको छैन । उसँग कार र बाइकको राम्रो संग्रह छ । मैले उसको लागि पिकअप ट्रक किने किनकी यो उनको संग्रहमा छैन ।

यसको परीक्षण पनि हामीले साथमा गरेका थियौं र मलाई यसलाई उनले कति मनपराए भन्ने महसुस भयो । आफ्नो आँगनमा यसलाई पार्क गरेको देखेर उनी अचम्ममा परे’, उपहारपछि जोनको प्रतिक्रियाबारेमा बताउँदै संजयले भने ।

संजयले यसअघि पनि जोनलाई कामबाट खुशी भएर सुपरबाइक दिएका थिए । उनले सन् २०१३ मा रिलिज भएको ‘शुटआउट एट वडाला’मा जोनले गरेको कामका लागि सो बाइक उपहार दिएका थिए ।

जोन र संजयले हालसम्म ‘जिन्दा’, ‘सुटआउट एट वाडला’ तथा ‘मुम्बई सागा’ गरी ३ सिनेमामा एकसाथ काम गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित