११ मंसिर २०८३, शुक्रबार

हतियार र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ कात्तिक । बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ ।

गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङका ५२ वर्षीय चुडामणि वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ ।

उनिहरु को हुनु भन्ने विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।