
काठमाडाैं, २४ कात्तिक । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध कारोबार मुद्धामा फरार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौ जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना हुने गरी फैसला गरेको थियो ।
तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।











प्रतिक्रिया