बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मानव साङलो बनाएर उत्रिए काठमाण्डौबासी ‘अकुपाई टुँडिखेल’अभियानमा

दैनिक नेपाल २०७६ कार्तिक २३ गते १०:३८

काठमाडौं, २३ कात्तिक ।  टुँडिखेल क्षेत्र अतिक्रमणको विरोधमा सरकारलाई दबाब दिन टुाडिखेलमा मानव साङलो बनाएर घेरिएको छ ।

विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुाडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो।

विभिन्न नागरिक अभियन्ताहरु समेत अभियानमा सरिक भएका छन् । अभियानमा राजनितिक दल, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको सुरुवात गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताए।

अभियानमा नागरिकस्तरबाट समर्थन गर्दै वरिष्ठ कुटनीतिज्ञ तथा पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले टुाडिखेलमा भइरहेको अतिक्रमण रोक्नु पर्ने बताए। यो अभियान ३ महिना सम्म हरेक शनिबार गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित