बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

टुँडिखेल बचाउन ‘अकुपाई टुँडिखेल’ अभिया

दैनिक नेपाल २०७६ कार्तिक २३ गते ९:५२

काठमाडौं, २३ कात्तिक । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ ।

नागरिकस्तरबाट आयोजित यो अभियानलाई साथ दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हीरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।

सर्वसाधारणहरूले पनि यो अभियानमा साथ दिएका छन् । उनीहरूले खुल्ला ठाउँलाई खुल्लै राखौं, पुर्खाको नासो जनताको हक लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ ।

त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरूकै नियन्त्रणमा छ ।

केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित