
काठमाडौं, २३ कात्तिक । २०६४ सालमा भएको विष्फोटका घाईतेलाई जिँउदै जलाएको आरोप लागेका कांग्रेस सांसद मोहम्मद अफताव आलमको सम्पति छानबिन हुने भएको छ ।
अहिले थुनछेक बहस चलिरहेका आलम यदि छुट्ने भएमा सम्पति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराउन विभागले प्रहरीलाई पत्र पठाई अनुरोध गरेको बताइएको छ ।
जिल्ला अदालतले धरौटी तारेखमा छाडे सम्पति छानबिनको दायरमा ल्याउन आलमलाई प्रहरीले पुन पक्राउ गरि शुद्धिकरण विभाग पठाउने छ ।
सम्पत्ति शुद्धिकरण ऐन २०६४ को २१ (२) बमोजिम उनीमाथिसम्पती छानबिन हुने प्रहरीले जनायो । आलमविरुद्ध बिहीबारदेखि थुनछेक बहस चलिरहेको छ ।












प्रतिक्रिया