बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

मानव बेचबिखनको आरोपमा महिला पक्राउ, चार युवतीको उद्वार

दैनिक नेपाल २०७६ कार्तिक २३ गते ९:३१

काठमाडौं, २३ कात्तिक ।  मानव बेचबिखनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय केलालीले मानव बेचबिखनको आरोपमा चितवन रत्ननगर नगरपालिका २ की सपना प्रजापतीलाई पक्राउ गरेको हो ।

रोजगारीको प्रलोभन दिएर युवतीहरुलाई भारत लगेर प्रजापतीले बेच्ने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट भारत लैजान लागेका चार युवतीलाई पनि प्रहरीले उद्वार गरेको छ ।

चार युवतीलाई काठमाण्डौ धनगढी हुादै भारतको पलिया पुर्‍याएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा प्रजापतीलाई पक्राउ गरी युवतीहरुको उद्वार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित