बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

स्पेनमा यौन सम्पर्कबाट डेंगी राेग सर्‍याे

दैनिक नेपाल २०७६ कार्तिक २३ गते ९:४७

लण्डन, २३ कात्तिक । स्पेनका स्वास्थ्य अधिकारीहरूले एक जना पुरुषलाई शारीरिक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् ।

लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो ।

स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ ।

क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले जानकारी दिएकी छिन् ।

उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो । उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका लक्षण देखिने रोगको संक्रमण नभएको क्युबामा गएका उनलाई डेंगीको संक्रमण भएको देखेर डाक्टरहरू पनि समस्यामा परेको जिमिनेजले बताएकी छिन् ।

उनको शुक्राणुको विश्लेषपछि उनमा डेंगी भएको पत्ता लागेको थियो । त्यति मात्रै होइन, त्यसमा क्यूबामा फैलने भाइरस पनि फेला परेको थियो । जिमिनेजका अनुसार एक पुरुष र एक महिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो ।

प्रतिक्रिया
सम्बन्धित