बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

घट्याे भारतको रेटिङ, मोदी सरकारलाई धक्का

दैनिक नेपाल २०७६ कार्तिक २३ गते ६:५९

नयाँदिल्ली, २३ कात्तिक । सुस्त आर्थिक गतिविधि रहेको भारतीय शासकलाई अर्को नाकारात्मक खबर आएको छ । विश्वको रेटिङ एजेन्सी मुडिजले इनवेस्टर्सले भारतको बारेमा आफ्नो आउटलुक अथवा स्टेबल नेगेटिभ भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

मुडिजले आफ्नो रिपोर्टमा भनेको छ पहिलाको भन्दा अहिले भारतीय अर्थव्यबस्थामा जोखिम बढिरहेको छ । मुडिजले भारतको कुल ग्राहस्थ उत्पादनको वृद्धि २०१९ २०को वृद्धि घटाएर ५.८ प्रतिशत गरेको थियो । जसको मुडिजले वृद्धि ६.२ हुने अनुमान गरेको थियो ।

यसभन्दा पहिला पनि धेरै रेटिङ एजेन्सीहरुले भारतको अर्थब्यबस्थाका धेरै तथ्यांकहरु अनुमानभन्दा तल राखिसकेका छने । अप्रिल जुनको त्रैमासमा भारतको जीडिपी ५ प्रतिशतमात्र रहेको थियो जुन सन् २०१३देखि यताको सबैभन्दा कम हो ।

भारतमा कमजोर प्रशासन र कम सरकारी खर्चका कारण अर्थब्यबस्थाको वृद्धिदर कम हुँदै आएको छ । अक्टोर महिनामा रेटिङ एजेन्सी फिचले यस वर्षको भारतको आन्तरिक उत्पादन(जीडीपी)को वृद्धिदर घटाएर ५.५ प्रतिशत गरेको छ । फिचले अनुसार भारतीय बैंकहरुले दिने कर्जामा कटौति गरेका कारणले भारतीय अर्थतन्त्रमा असर परेको बताएको छ ।

त्यस्तै, सेप्टेम्बर महिनामा रेटिङ एजेन्सी क्रिसिलले पनि धेरै तथ्यांकहरुको वृद्धिदरमा नयाँ अनुमान लगाइरहेको छ । सन् २०१९ २०मा भारतको जीडिपीको वृद्धि ६.३ प्रतिशत हुने क्रिसिल अनुमान गरेको छ ।

भारतीय सरकारले अबको पाँच वर्षमा देशको अर्थतन्त्रको आकार ५ ट्रिलियन डलरको बनाउने योजना बनाएको छ । तर, भारतीय अर्थशास्त्रीहरुका अनुसार ५ ट्रिलियन डलरको वृद्धि गर्नलाई हरेक वर्ष ९ प्रतिशतको आर्थिक वृद्धि चाहिने बताउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित