११ मंसिर २०८३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको हाे ।

विमानस्थालका प्रत्यक्षदर्शीका अनुसार श्री एयरलायन्सको लापर्वाहीका कारण यति एयरलाईसको विमानमा ठोक्किन पुगेको बताइएको छ ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजलाई ठक्कर दिएका कारण दुबैको विमानमा सामान्य क्षति भएको छ ।

शुक्रबार दिउँसो श्री एयरलायन्स र यति एयरलायन्सको जहाज ठोक्किँदा दुवै जहाजमा सामान्य क्षति भएको विमानस्थल स्रोतले बताएको छ ।

विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीका अनुसार श्री एयरलायन्सको सिटिआरजे ७०० र यति एयरलायन्सको एटिआर ७२ विमानस्थलको पार्किङस्थलमा ठोक्किएका हुन् ।