४ कार्तिक २०८३, बुधबार

इरानमा भूकम्प ५ जनाको मृत्यु, १२० घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक ।  इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परि ५ जनाको मृत्यु भएको छ भने १२० जनाभन्दा बढी घाइते भएका छन् ।

आज स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पले थुप्रै घर भत्केका छन् भने घरपालुवा जनावर पुरिएका छन्।

इरानको विपद् व्यवस्थापन विभागले उद्धार गर्न आठ वटा टोली खटाइसकेको जनाएको छ। ठूलो झड्कापछि पनि ४६ पटक परकम्प आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।