११ मंसिर २०८३, शुक्रबार

काठमाण्डौ महानगरमा अब नयाँ विद्यालय खाेल्न नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । काठमाण्डौ महानगरपालिकाले महानगरपालिका भित्र नयाँ विद्यालय खोल्न नपाउने बताएको छ ।

भएका विद्यालयहरुलाई व्यवस्थित गर्न चुनौति भइरहेका बेला नयाँ विद्यालय बढ्दै गएपछि यस्तो निर्णय गर्नु परेको महानगरपालिकाले जनाएको छ ।

जथाभावी विद्यालय खोलेर विज्ञापन गर्ने परिपाटीको अन्तय गर्ने हेतुले रोक लगाइएको बताइएको छ ।

महानगरको शिक्षा विभागले विद्यार्थी भर्ना गर्नका लागि यस्तो प्रचारप्रसार नगर्न समेत पटकपटक आग्रह गर्दै आइरहेको र सचेत गराउँदा समेत अटेर गर्नेलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने समेत बताएको छ ।

‘