
काठमाडौं, २२ कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा आज विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका छन् ।
विरोधका क्रममा विद्यार्थीहरुले भारतले सार्वजनिक गिरेको नयाँ नक्सा समेत भारतिय दूतावास अगाडी पुगेर जलाएका छन् ।
काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन् ।
भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुससमेत निकालेका थिए ।











प्रतिक्रिया