
काठमाडौं, २२ कात्तिक । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको ज्यान गएको छ । सप्तरीको तिरुहुत गाउापालिका ३ का ३२ वर्षीय प्रमोद भिनवार यादवको ज्यान गएको हो ।
मलेसियास्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादवको बेहोस भएर ज्यान गएको हो ।
अचानक बेहोस भएर गएको भनिए पनि कुन कारणले कसरी ज्यान गयो भन्नेबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाएको छ ।
यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् ।











प्रतिक्रिया