
काठमाडौं, २२ कात्तिक । रौतहट बम विष्फोटका घाईतेलाई जिँउदै जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस आज पनि जारी रहने छ । विहिबार आलमको थुनछेक बहस नसकिएपछि आज पनि जारी रहने भएको हो ।
अदालतमा आलमको बयानका लागि मात्रै तिन दिन समय लागेको थियो । अदालतले आलमलाई ५१ वटा प्रश्न गरेको बताइएको छ ।
उनीविरुद्ध बिहीबार नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे । बिहीबार महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्ऽराज कटुवालले बहस गरे ।
अब बादी (नेपाल सरकार)का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बााकी गर्ने कार्यक्रम छ । उता आलमको तर्फबाट भने २८ जना कानुन व्यवसायीले वहस गर्ने तयारी छ ।
जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन् । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनका समयमा आलमले बुथ कब्जा गर्ने योजना अनुरुप बम बनाउदै गर्दा बम विष्फोट भएपछि घाइतेहरुलाई जिँउदै जलाएर मारेको आरोप आलममाथि लागेको छ । प्रहरीले आलममाथि ३ वटा मुद्दा दायर गरेकाे छ ।
आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।











प्रतिक्रिया